आइसिएफसि फाइनान्सको नगद लाभांश शेयरधनीको खातामा

२३ फाल्गुन २०८०, बुधबार ०७:१७

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको पुस २९ गते सम्पन्न २० औं वार्षिक साधारण सभाले पारित गरेको ६.५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको खातामा जम्मा गराइएको छ । आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि आइपीएस मार्फत नगद लाभांश जम्मा गराएको हो ।

साथै, हालसम्म पनि डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीलाई यथाशिघ्र अद्यावधिक गराउन कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७३।०७४ देखि २०७८।०८९ सम्मको साधारण सभाहरुबाट पारित नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई डिम्याट खाता खोलेको स्थानमा सम्पर्क गरी डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रहसमेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*