खानीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

२३ फाल्गुन २०८०, बुधबार ११:३६

काठमाडौँ। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १ः १ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ ।

विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*