अन्तिम समयमा समालियो मार्केट, कारोबार साढे ३ अर्ब नजिक, कुनको सेयर मूल्य बढ्यो ?

२३ फाल्गुन २०८०, बुधबार १५:१२

काठमाडौँ । सेयर बजारमा आज दिनभर उतार चडाब भएको छ । सरकार निर्माणको असर समेत सेयर बजारमा देखिएको हो । सेयर बजारले रुचाएका ब्यक्ति विष्णु पौडेल अर्थमन्त्री बन्ने आशले लगानीकर्तामा उत्साह आएको थियो । तर, माओवादी नेता वर्षमान पुनले अर्थमन्त्री पाउने पक्कापक्की भएपनि सेयर बजारका लगानीकर्ता निराश नबेका हुन् ।

बजार अन्तिम समयमा भने सुधार देखिएको छ । दिनभर तलमाथि भइरहेको बजार अन्तिम समयमा भने सुधार आएर बन्द भएको हो । लगानीकर्ता बिस्तारै बजारिए हल्लाबाट माथि उठी रहेको आंकलन भइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३३ अकंले बढेर २०१७.०३ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार १० उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको १.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशतसहित १० उपसूचकमा हरियाली आएको हो ।

आज लगानीकर्ता सोनापुरको सेयरमा झुम्मिएका छन् । कम्पनीको आज ३३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । साथै, शिवम सिमेन्टको २७ करोड ८४ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १३ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

 

बुधबार दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक कमाएको छन् । आज कम्पनीको सेयर ९.५९ प्रतिशतले बढेको हो । साथै, स्वारोजगार लघुवित्तको ८.७० प्रतिशत, सिवाईसी लघुवित्तको ८ प्रतिशतले सेयर बढेको हो ।

आज मैलुङ हाइड्रोपावरका लगानकर्ताले गुमाएका छन् । आज कम्पनीको सेयर ९.७१ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*