शेयर बजारमा ६० लाख जनताको लगानी छ, सुधार गर्नैपर्छः अर्थमन्त्री पुन

२३ फाल्गुन २०८०, बुधबार २१:२०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको उल्लेख गर्दै सरकारले शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु हुन नदिने बताए ।

मन्त्री पुनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने बताए । शेयर बजारमा मन्त्री पुनलाई स्वीकार नगरेको र रातो चिन्ह देखाएको भन्दै चर्चा भइरकहेको बेला पदभार ग्रहण गर्दै अर्थमन्त्री पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।

2 thoughts on “शेयर बजारमा ६० लाख जनताको लगानी छ, सुधार गर्नैपर्छः अर्थमन्त्री पुन

  1. बेदु अधिकारी says:

    भोलि बुम बुम हो त अब

  2. Navaraj Bhandari says:

    अर्थमन्त्रीले कुरा ठीक गरे । अब आर्थिक बर्ष सकिएको ३ महिना भित्रमां public share रहेका सस्था / कम्पनीले आफनो आफनो कम्पनिको साधारण सभा सम्पन्न गरी share holder हरुको dividend राफसाफ गरी सक्नू parne बाध्यकारी कानूनी ब्यबस्था गर्न सके भने राम्रो अर्थ मंत्री मन्न सकींछ /

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*