बाराही हाइड्रोपावलाई १००% हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति

२४ फाल्गुन २०८०, बिहीबार ०९:४६

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।

१.५० मे.वा. क्षमताको ठेउले खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको यस बाराही हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको स्वीकृति माग गर्दै गत माघ १६ गते निवेदन पेश गरेको थियो । यसमा आयोगको फागुन २२ गतेको बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।

यस कम्पनीको पुस २९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजी २५ करोड रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*