नेप्से १३ अंकले बढ्दा तीन अर्बको कारोबार

२४ फाल्गुन २०८०, बिहीबार १५:०७

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति सकारात्मक धारणा राखेपछि लगानीकर्ता उत्साहित भएका छन् । लगानीकर्ताको मनोबल बढेसँगै आज नेप्से १३.५१ अंकले बढेर २०३० को विन्दुमा कायम भएको छ । यस दिन तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

बिहीबार १० उपसूचकमा हरियाली छाउदा तीन उपसूचकमा भने रातो पोतिएको छ । आज म्युचुअल फण्ड, ट्रेडिङ र होटल तथा पर्यटन उपसूचक घटेको हो । त्यस्तै, नेप्सेमा सूचीकृत १७६ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ५९ कम्पनीहरुको शेयरभाउ ओरालो लागेको छ ।

पिपुल्स हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावरको ८.९७, मध्य भोटेकोशीको ६.०८, बुद्धभूमि नेपालको ५.९६ र हाथवे इन्भेष्टमेन्टको ५.६४ प्रतिशतले शेयरमूल्य बढेको छ । यता, एनआईसी एशिया ग्रोथ फण्ड–२ को ६.२१, साम्लिङ पावरको ५.०२, बोटलर्स नेपाल तराईको ४.३५, एनएमब–५० को ३.८८ र हिमालयन ८०–२० को ३.८५ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यसैगरी कारोबारतर्फ हेर्ने हो भने आज नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस दिन यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको १६ करोड ४१ लाख, सोनापुर मिनरल्सको १३ करोड ४१ लाख, मोलुङ हाइड्रोपावरको १३ करोड ३७ लाख र हाथवेको ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*