दुई इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

२४ फाल्गुन २०८०, बिहीबार १५:३९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स र एक लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो ।

जीवन विकास लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सूचीकृत भएको हो ।

विहीबार युनाइटेड अजोड इन्स्योरेन्स १०.२६१२ प्रतिशत बोनश बापतको १९ लाख ५४ हजार ३ सय २० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनश बापतको १६ लाख ५४ हजार ८ सय ४७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २ सय २४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

अब सेयरधनीहरुको खातामा बोनस जम्मा भएपश्चात दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*