सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न,कतिको भयो हात खाली ?

२५ फाल्गुन २०८०, शुक्रबार १०:०६

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ ।

आज बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आईपीओ बाँडफाँड भएको हो । आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएकोमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ । ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त छन् । ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा करिब १९ गुणा बढीको आवेदन परेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*