दुई इन्स्योरेन्ससहित ६ कम्पनीको १ करोड ३२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

२५ फाल्गुन २०८०, शुक्रबार १५:०२

काममाडौँ । यस साता नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्ससहित ६ कम्पनीको १ करोड ३२ लाख ३२ हजार ७५५.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत बापतको १९ लाख ८६ हजार २२४ कित्ता र युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बापतको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

साथै, छिमेक लघुवित्तको ५ प्रतिशत बापतको १४ लाख १७ हजार ७०१ कित्ता, युनिर्भसल पावरको ८.५५ प्रतिशत बापतको १७ लाख ९५ हजार ७९९.२५ कित्ता, सोल्टी होटलको ५ प्रतिशत बापतको ४४ लाख २३ हजार ८६४ कित्ता र जीवन विकास लघुवित्तको १४ प्रतिशत बापतको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*