धितोपत्र ब्रोकरले भेटे अर्थमन्त्री, पुँजी बजार चलायमान बनाउन पुन सकारात्मक

२७ फाल्गुन २०८०, आईतवार १२:१६

काठमाडौँ । धितोपत्र ब्रोकर एसोसिएसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छ । भेटमा एसोसिएसनको टोलिले भेटेर शुभकामनाका साथै शेयर बजार सुधारका विषयमा छलफल गरेका हुन् ।

अर्थमन्त्रीसँगको भेटमा शेयर बजारको विकास लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । ‘शेयर बजारमा देखिएका समस्या समाधान र बधाईका लागि हामी अर्थ मन्त्रालय गएका थियौ । बजार चलायमान बनाउने विषयमा कुराकानी भएको हो’ ढकालले भने, ‘शेयर बजारप्रति अर्थमन्त्री सकारात्मक छन् ।’

अर्थमन्त्रीसँगको भेटमा संस्थागत लगानीकर्ताको रूपमा बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न रोकेको विषयलाई प्राथमिकताका साथ उठाएको ढकालले बताए ।

अब बजारमा देखिएका समस्या सुधारका लागि आवश्यक कुराको लिस्ट तयारी गरी रहेको ढकालको भनाइ रहेको थियो । उनले भने, ‘अर्थमन्त्री पुँजी बजार चलायमान बनाउन निकै सकारात्मक छन् । हामीले राखेको गुनासोमा उनले गम्भीर ध्यान रहेको बताए । अब हामी छिटै बजार सुधारका लागि मन्त्रालयको मातहतमा हुने कार्यको लिस्ट तयार गर्न छौ । अर्थमन्त्रीले समेत सोही कुराको प्रस्ताव गरेका छन् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*