२२.१० अकंले बढ्यो सेयर बजार, कारोबार ३ अर्ब नजिक, माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण

२७ फाल्गुन २०८०, आईतवार १५:०८

काठमाडौँ । साताको पहिलो कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता दिएको छ । अर्थमन्त्रीका रुपमा वर्षमान पुन आएदेखि नै शेयर बजारले लय लिन लागेको हो ।

लगानीकर्ताले मनोबल समेत उच्च बनि रहेको छ । नियामकको आश्वासन पछि लगानीकर्ताको मनोबल दरिलो हुन लागेको हो ।

आइतबार नेप्से २२.१० अकंले बढेर २०५२.६५ बिन्दुमा बन्द भएको छ । आज ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाखरुपैयाँको कारोबार भएको हो ।

आज हाइड्रोपावर समूह बाहेक अन्य १२ उपसूचक मै हरियाली आएको हो । आज लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा झुम्मिएका छन् । आज माइक्रोफाइनान्स समूहको शेयर ४.२१ प्रतिशतले बढेको हो ।

त्यस्तै, शिवम सिमेन्टको २ करोड २९ लाख रुपैयाँ र सोनापुरको १८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।

यता, २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज वीन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका सेयरमा सकारात्मक सर्किट लागेको हो ।

आइतबार चिरख्वा हाइड्रोपावरको ७.०६ प्रतिशत र पिपुल्स पावके ६.९५ प्रतिशतले सेयर मूल्य घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*