शेयर बजारप्रति अर्थमन्त्री वर्षमान पुनको चासो, धितोपत्र बोर्ड, नेप्से र सिडिएसलाई एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन

२७ फाल्गुन २०८०, आईतवार २०:२७

काठमाडौं। नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति कार्यभार सम्हालेपछि सकारात्मक प्रतिकृया दिँदै आईरहेका छन् । शेयर लगानीकर्ताको बिषयमा कार्यभार सम्हादा नै सकारात्मक सुझाव दिएका उनले पुँजीबजारको सुधार र विस्तारका लागि विभिन्न तीन संस्थासँग सुझाव मागेका छन्।

अर्थमन्त्री बर्षमान पुनले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एसिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सुझाव मागेका छन् ।

मन्त्री पुनको निर्देशन अनुसार ती तीन वटै संस्थालाई अर्थ मन्त्रालयले आइतवार पत्र पठाएको छ। पत्रमा सेयर बजारमा तत्काल सुधार सम्बन्धमा ७ दिनभित्र कार्ययोजना पेस गर्न भनिएको छ। ती तीन वटै संस्थालाई मन्त्रालयले सरोकारवालासँगको सुझावका आधारमा कार्ययोजना बनाउन भनेको छ।

अर्थको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामको मत सरोकारवालासमेतको राय लिइ ७ दिनभित्र कार्ययोजना पेस गर्न मन्त्रीको निर्देशन अनुसार अनुरोध छ, पत्रमा उल्लेख छ।पदवहालीका दिन गत बुधवार ६० लाख नागरिक संग जोडिएको सेयर बजारमा सुधारको कदम चाल्ने बताएका मन्त पुनले निर्णयमा पुत्रलाई नियामक निकायको सुझाव मागेका हुन्।

उनले अर्थ मन्त्रालय सम्हालेदेखि सेयर बजार उकालो लागिरहेको छ। पदवहालीका क्रममा दिएको अभिव्यक्तिका कारण मन्त्री पुनले सुधारको कदम चाल्ने लगानीकर्ताको विश्वास छ।उनले आइतबार ब्रोकरहरुसँगको भेटमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर नीतिगत रूपमा बजारमा सुधारको कदम चाहने प्रतिवद्धता जनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*