चार कम्पनीको साढे ११ करोडमाथिको शेयर सूचीकृत

२८ फाल्गुन २०८०, सोमबार १६:५७

काठमाडौं । साताको पहिलो दिनमाचार कम्पनीको शेयर सूचीकृत भएको छ। नेप्सोन सूचीकृत चार कम्पनीको कुल ११ करोड ६७ लाख ३ हजार ४४२ कित्ता शेयर सूचीकृत भएको हो ।

अपर तामाकोशी हाइड्रोपावर, नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मुत्तिनाथ विकास बैंकको शेयर सूचीकृत भएको हो । यी कम्पनीका सम्बन्धित शेयरधनीले हितग्राही खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन् ।

अपर तामाकोशी हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीले गत भदौ १८ गतेदेखि असोज ७ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । त्यस्तै नेपाल एसबिआई बैंकको ३७ लाख ९५ हजार २३५ दशमलव ७६४८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशलमव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित पारित गरेको थियो ।

आरएसडिसी लघुवित्तको ७ लाख ४७ हजार ८२८ दशमलव ६५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले मङ्सिर १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

मुक्तिनाथ विकास बैंकको ६२ लाख ६० हजार ३७७ दशमलव ७६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*