रिडी पावरको हकप्रदमा आवेदन दिने समय थप

२९ फाल्गुन २०८०, मंगलवार १०:५२

काठामाडौं । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । सो हकप्रदमा आवेृदन दिने म्याद थप भएको छ।

कम्पनीले १ः०।५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । यस हकप्रद सेयरका लागि कम्पनीले माघ २२ गते बुक क्लोज गरेको थियो। यसकारण, माघ २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यसमा लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।रिडी पावरको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ ।त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*