प्रि सेसनमा बढ्यो नेप्से

२९ फाल्गुन २०८०, मंगलवार ११:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १३ अंक बढेर बन्द भएको छ। अर्थमन्त्री बर्षमान पुनले शेयर बजारमा चासो देखाएपछि लगानीकर्ता सकारात्मक भएका छन् । अर्थमन्त्रीले शेयर बजार सम्बद्ध सबै नियामकाई कार्ययोजना पेश गर्न निर्देशन दिएको बिषयमा खुलेर स्वागत गरेका छन् ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २२।१० अंक बढेर २०५२।६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२।९६ अंक बढेर २०६५।६२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २।४१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६१ स्टकको ३४ लाख ८५ हजार ६४६ रुपैयाँ ९० पैसाबराबरको ७ हजार ४९५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*