बुक बिल्डिङ विधिको आईपीओ ‘ओपनिङ रेञ्ज’ साधारण मूल्य सरह नै तोकिने

१ चैत्र २०८०, बिहीबार १२:२१

काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण शेयर झै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ ।

नयाँ कम्पनी सूचीकृत भइसकेपछि पहिलो कारोबारका लागि हाल कम्पनीको प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र सोको अधिकतम ३ गुणासम्मलाई अधिकतम मूल्य कायम गर्दै ओपनिङ रेञ्ज तोकिने व्यवस्था रहेका ेछ । तर बुक बिल्डिङ विधिबाट आउने कम्पनीका हकमा के गर्ने भन्ने विषयमा नेप्से सञ्चालक समितिमा पनि छलफल भएको थियो ।

अंकित मूल्य १ सयमा जारी भएका सेयरका लागि दोस्रो बजारमा पहिलो कारोबार हुँदा अधिकतम मूल्य प्रतिसेयर नेटवर्थको ३ गुणासम्म दिइने गरेको छ ।

यही व्यवस्था बुक बिल्डिङ विधिबाट आउने सेयरका लागि उपयुक्त हुने ÷नहुने विषय अझै पनि वहसमै छ । तर नेप्से बोर्ड बैठकले हाललाई कुनै पनि निर्णय नगरेकाले पुरानै व्यवस्थाअनुसार मूल्य तय हुने निर्णय गरेको छ ।

नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको थियो । सो कम्पनीको आईपीओ सम्भवतः आउने साता दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु हुनेछ । बुक बिल्डिङ विधिबाट जारी हुने सेयरका हकमा ओपनिङ रेञ्जको व्यवस्था परिवर्तन गर्ने विषयमा अझै नेप्सेमा कुनै छलफल हुन नसकेको नेप्सेका सिईओ कृषण

‘बुक बिल्डिङ विधिबाट आउने कम्पनीका हकमा ओपनिङ रेञ्जको व्यवस्था परिवर्तन गर्ने भन्ने विषयमा बोर्डबाट कुनै निर्णय भएको छैन, त्यसकारण हाललाई पुरानै व्यवस्थाअनुसार मूल्य सीमा तय हुनेछ’ उनले भने ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*