नेप्से घट्यो: अपर र शिवममा लगानीकर्ता झुम्मिदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

१ चैत्र २०८०, बिहीबार १५:०४

काठमाडौं । साताको अन्तिम दिन नेप्से ओरालो लागेको छ । हिजोदेखि घट्न सुरु गरेको शेयर बजार आज पनि ओरालोयात्रातर्फ अघि बढेको छ।

हिजो सर्वाधिक शेयरमूल्य घटेको अपर तामाकोशीको आज पनि सर्वाधिक शेयर कारोबार भएको छ।
आज कम्पनीको शेयर मूल्यमा केही सुधार देखिएको छ। अर्थमन्त्रीको शेयर बजारप्रतिको सकारात्मक धारणाको कारण उत्साहित भएको बजार दुई दिन निरन्तर ओरालो लागेको छ।

शेयर बजार २८।८४ अंकले घटेर २०८०।८७ को विन्दुमा कायम भएको छ।

नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबै उपसूचक राताम्मे भएको छ।

त्यस्तै, शिवम सिमेन्टस, सोनापुर मिल्स, गुर्खाज फाइनान्स, हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।

मंगलबार साधारणसभा सम्पन्न गरेको विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, स्वाभिमान लघुवित्त र जालपा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*