हकप्रद शेयरको प्रस्ताव पारित गर्न सानिमा जीआईसीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

२ चैत्र २०८०, शुक्रबार ०७:१३

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र २९ गते विहीबार अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको संचालक समितिको चैत्र १ गते बसेको बैठकले यो निर्णय गरेको हो ।

सभाले कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँको २५ प्रतिशत बराबर ५० करोड रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवतरणमा छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्धारण गरिनेछ । सभाबाट संचालक समितिले मनोनित गरेको स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन हुनेछ ।

त्यसैगरी, कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आवमा भएको खर्चसहित संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्नुका साथै संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*