सिंगटी हाइड्रोको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

२ चैत्र २०८०, शुक्रबार ०७:५७

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य एक सय रुपैयाँमा ४६ लाख ११ हजार ५९३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसमा खरिदकर्ताले चैत्र १२ गतेदखि २० गतेभित्र आवेदन दिसक्नुपर्नेछ । शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । खरिदकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*