प्रभु महालक्ष्मी लाइफसहित ६ कम्पनीको हकप्रद शेयर धितोपत्र बोर्डको पाइपलाइनमा, कुनको कति?

२ चैत्र २०८०, शुक्रबार १३:१०

काठमाडौं । हकप्रद शेयर निष्काशनको माग राख्दै आवेदन दिएका ६ कम्पनीहरुको हकप्रद शेयर निष्काशन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । प्रभु महालक्ष्मी लाइफसहित ६ कम्पनी हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको बाटो कुरेर बसेका हुन् ।

जसमा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले १ः०.५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अुनपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः६.६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशनको माग राखेर बोर्डमा निवेदन दिएको छ ।

त्यसैगरी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १ः०.६५ को अनुपातमा २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशनको माग राखेको छ ।

यता, खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ । अनुमति पाए पश्चात् कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ः०.१७ को अनुपातमा ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद शेयर जारी गर्न माग राख्दै बोर्डमा निवेदन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*