धितोपत्र बोर्डमा अध्यक्षका लागि आवेदन दिएकी महिला प्रवीण पन्दाक को हुन् ?

२ चैत्र २०८०, शुक्रबार १३:२५

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेवोन) को रिक्त अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका मध्येमा एक्ली महिला प्रवीण पन्दाक रहेकी छन् ।

झट्ट सुन्दा पुरुषको लाग्ने उनको नामले धेरैको बुझाइलाई झुक्याउन सक्छ । तर, विगत १७ वर्षदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कार्यरत रहेकी उनले अध्यक्षमा दावेदार गरेकी हुन् ।

ताप्लेजुङमा जन्मेकी पन्देकको शैक्षिक योग्यतामा उनलाई गोल्डमेडलिस्टको रूपमा चिनिन्छ। शंकरदेव क्याम्पसबाट २०६२ सालको बिजनेस स्टडिजको स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयकै महिलातर्फको गोल्डमेडलिस्ट हुन् ।

यससँगै उनले कानुन संकायमा एलएलबी र एलएलएमसमेत गरेकी छन्। नेपाल ल क्याम्पसमा २०६९– ०७२ को ब्याजमा कानुन संकायमा स्नातकोत्तर (एलएलएम क्रिमिनल ल र कर्पोरेट ल) मा टीयूमार्फत मेडल हात पार्न सफल भएकी थिइन् ।

२०६४ सालमा नेप्सेमा छैटौं तह अधिकृतबाट प्रवेश गरेकी पन्दाक अहिले नवौं तह अर्थात् वरिष्ठ प्रबन्धक सम्हाल्दै आएकी छन्। साढे एक दशकभन्दा बढी अनुभव सँगालिसकेकी उनले हाल नेप्सेमा पुँजी बजारको सुपरिवेक्षण, सूचीकरण र कारोबारलाई नजिकबाट नियालेकी छन् । यसपटक पनि १८ पुरुषमा एउटी महिला उनीमात्रै हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*