सर्वोत्तम सिमेन्टको आइपिओ लगानीकर्ताको डिम्याट खातामा

३ चैत्र २०८०, शनिबार १०:२६

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपिओ लगानीकर्ताको डिम्याट खातामा पठाउन सुरु गरेको छ ।

फागुन २५ गते आइपिओ बाँडफाँड भएको कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर गोलाप्रथा मार्फत ५५ हजार ५ सय २१ जनामा बाँडफाँड गरिएको थियो । अब नेप्सेमा सूचीकृत भएपश्चात् त्यसको भोलिपल्ट देखि कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ । भोलि आइतबार नै उक्त आइपिओ सूचीकृत भई सोमबारदेखि कारोबारमा आउन सक्ने जनाइएको छ ।

नेप्सेले सर्वोत्तम सिमेन्टको आइपिओलाई कम्पनीको नेटवर्थ १७१।७४ रुपैयाँ देखि अधिकतम ५१५।७४ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत प्रतिकित्ता ३६०।९० रूपैयाँमा आइपिओ जारी गरेको थियो । अधिकतम मूल्यमा ओपनिङ भए लगानीकर्ताले पहिलो दिनमै करकट्टी बाहेक साढे ७ हजार बढी नाफा कमाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*