शेयर बजारमा केही आशा पलाएको छ, अप्ठेरो अवस्थामा गरिएको कडाई हटाउँछौंः अर्थ मन्त्री अनन्त

४ चैत्र २०८०, आईतवार ०९:३२

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले शेयर बजारमा केही आशा पलाएको बताएका छन् । आज नागरिक लगानी कोषको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शेयर बजारका अप्ठेरो निर्णइहरु परिमार्जन हुने संकेत गरेका छन् ।

अर्थमन्त्रीको यस्तो संकेतसँगै शेयर बजारमा नेपाल राष्ट्र बैंकमार्फत लगाइएको नियामकीय कडाईहरु हट्ने विश्वास गरिएको छ । लगानीकर्ताहरुले अहिले अवस्था सहज भएको भन्दै राष्ट्र बैंकले गत वर्ष लगाएको जोखिमभार लगायतका नियामकीय कडाईहरु खुकुलो हुनुपर्ने माग गर्दै आएका थिए ।

अर्थमन्त्री अनन्तले नेपालको शेयर बजार छिट्टै सुधार हुने विश्वास व्यक्त गरेका छन् । लगानी कोषको बार्षिकोत्सव कार्यक्रममा मन्त्री अनन्तले भने, शेयर बजारमा सुधारको लागि सरोकारवाला निकायहरुलाई सुझाव दिन भनेकौं, सुझावहरु आइरुहेका पनि छन् ।

मन्त्री अनन्तले अप्ठेरो अवस्थामा लिइएका निर्णय र गरिएका कडाईहरु अब विस्तारै खुकुलो पार्दै लैजानुपर्ने अवस्था रहेको बताए । मन्त्री अनन्तले सरकारले नियामक निकायहरुसँग छलफल गरिरहेको र शेयर बजार आगामी दिनमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*