नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक शेयर बिक्रिमा, क- कसले खरिद गर्न पाँउछन् ?

४ चैत्र २०८०, आईतवार १०:४२

काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ ।

कम्पनीले बोध प्रसाद त्रिपाठीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*