लगानीकर्ताको पैसा नडुब्ने गरी लगानी गर्न नागरिक लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन

४ चैत्र २०८०, आईतवार ११:१८

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री पुनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहोर्याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए ।

अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताए ।

अर्थमन्त्री पुनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । पूर्ववर्ती अर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*