लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, शिवम् र सोनापुरमा झुम्मिए लगानीकर्ता, कुनले कमाए ?

४ चैत्र २०८०, आईतवार १५:१०

काठमाडौँ । शेयर बजार आज पुनः दोहोरो अकंले घटेको छ । बजारले लगातार तेस्रो दिन समेत ओरालो यात्रा तय गरेको हो । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा देखिएको सक्रियताले लगानीकर्ताको मनोबल बिस्तार उच्च बन्दै गएको छ । उता, बोर्डले समेत अब केहि दिन मै नयाँ अध्यक्ष पाउने अपेक्षा गरीएको छ ।

लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् । नियामक निकाय समेत विस्तारै लचिलो बन्दै गएको छ । सोहि कारण समेत शेयर बजारका लगानीकर्ता आशावादी छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६२ अकंले घटेर २०७०.२५ बिन्दुमा बन्द भएको छ । आइतबार ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

आज लगानीकर्ता शिवम सिमेन्टको शेयरमा झुम्मिएका छन् । कम्पनीको आज ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । साथै, आज सोनापुरको २३ करोड ७ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार सप्तकोशी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता २६ रुपैयाँ १० पैसाले बढेर २८७ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै, गुँरास लघुवित्तको ९.५६ प्रतिशत, मानुषि लघुवित्तको ८.७५ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.४३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यता, विन नेपाल लघुवित्तको ७.८३ प्रतिशत, किसान लघुवित्तको ५.२० प्रतिशत र युनिक हाइड्रोपावरको ४.६३ प्रतिशतले शेयर मूल्य घटेको हो ।

त्यस्तै, १० उपसूचक आज राताम्य भएका छन् । आइतबार बैंकिङ समूहको ०.६२ प्रतिशत, होटल तथा प्रर्यटन समूहको १.५६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*