सेयर बजारबाट ८ महिनामा उठ्यो ३ अर्ब २२ करोड पुँजीगत लाभकर

५ चैत्र २०८०, सोमबार १३:२३

काठमाडौँ । सेयर बजारबाट चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा महिनामा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । सीडीएससीका अनुसार फागुन मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो । जुन गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिको भन्दा ८४.०३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा शेयर बजारबाट १ अर्ब ७५ करोड ४ लाख रुपैयाँ संकलन भएको थियो ।

फागुन महिनामा मात्र शेयर कारोबारबाट ४४ करोड ९ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ । फागुनमा दीर्घकालीन लगानीकर्ताले ११ करोड ६८ लाख रुपैयाँ र अल्पकालीन लगानीकर्ताले २५ करोड १० लाख रुपैयाँ लाभकर तिरेका हुन् ।

माघको महिनाको तुलनामा फागुनमा पूँजीगत लाभकर भने ओरालो लागेको हो । एक महिनामा पूँजीगत लाभकर ५४.६४ प्रतिशतले घटेको हो । माघ महिनामा लगानीकर्ताले ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर तिरेका थिए ।

हाल दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*