तीन दिनको ओरालो यात्रामा ब्रेक, पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

५ चैत्र २०८०, सोमबार १५:१०

काठमाडौँ । तीन दिन ओरालो लागेको बजारमा आज भने सामान्य सुधार देखिएको छ । अर्थमन्त्री वर्षमान पुन र नियामकको शेयर बजारप्रतिको सक्रियताले लगानीकर्ताको मनोबल बिस्तारै उच्च बन्दै गएको छ । लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२७ अकंले बढेर २०७३.५३ बिन्दुमा बन्द भएको छ । सोमबार३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज लगानीकर्ता गोर्खास फाइनान्स र शिवम सिमेन्टको शेयरमा झुम्मिएका छन् । गोर्खासको २३ करोड १४ लाख रुपैयाँ र शिवमको २० करोड ३० लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै,आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार गोर्खास फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौरागिरी लघुवित्त र पिपुल्स हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

यता, मानुषि लघुवित्तको शेयरमा सर्वाधिक ओरालो लागेको छ । आज कम्पनीको शेयर ५.१५ प्रतिशतले घटेको हो । साथै, एनएमबि बैंकको २.७२ प्रतिशत, सिंगटी हाइड्रोको २.४४ प्रतिशतले शेयर ओरालो लागेको छ ।

सोमबार ९ उपसूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको १.३० प्रतिशत, फाइनान्स समूहको १.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९१ प्रतिशत, हाइड्रोपावर समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*