नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत, ओपनिङ रेन्ज कति ?

५ चैत्र २०८०, सोमबार १७:०६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुन सक्ने छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*