स्पेशल प्रि-ओपन सेसनमा सर्वोत्तम सिमेन्टको पहिलो कारोबार कतिमा भयो ?

६ चैत्र २०८०, मंगलवार ११:०१

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा सर्वोत्तम सिमेन्ट को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु ९वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत० लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने एसएआरबिटिएम कारोबार संकेत प्रदान गरेको थियो। सोही मूल्यका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*