सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट

६ चैत्र २०८०, मंगलवार ११:१६

काठमाडौं ।  पहिलो दिनमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित शेयर कारोबार सुरु भएको १० मिनेटमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६११।६० रुपैयाँ कायम रहेको छ । नियमित कारोबार समयमा कम्पनीको शेयर मूल्य ५५।६० रुपैयाँले बढेको हो ।

नेप्सेमा अजबता सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको सिम्बलबाट कारोबार भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५।३६ रुपैयाँ देखि ५५६।०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो । सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७।०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२।९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*