व्यवसायीलाई बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम

६ चैत्र २०८०, मंगलवार ११:३३

चितवन। रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीलाई बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहयोगमा सोमवार आयोजना गरिएको कार्यक्रममा जोखिमबाट बच्ने उपाय, बीमाको दाबी भुक्तानी लिने प्रक्रियाका बारेमा सहजीकरण गरिएको थियो ।

संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले बीमाको शुरुआती चरणदेखि अन्तिमसम्मको प्रक्रियामा भोग्दै आएको समस्या निराकरणको लागि कार्यक्रम आयोजना गरिएको बताए । इन्स्योरेन्सका नारायणगढ शाखाका प्रमुख शंकर अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य र विभिन्न वस्तुगत समितिका सदस्यहरूको सहभागिता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*