शेयर बजार ६.२४ अकंले घट्यो, तीन कम्पनीको शेयरमा सर्किट, कारोबार साढे ३ अर्ब माथि

६ चैत्र २०८०, मंगलवार १५:०९

काठमाडौँ । हिजो सामान्य अकंले सुधार आएको शेयर बजारमा पुनः ओरालो लागेको छ । पछिल्लो समय शेयरमा उतार चडाब कायमै रहेको छ । नियामकको लचिलो नीतिको पर्खाइमा लगानीकर्ता रहेका छन् ।

बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारका लागि आवश्यक अधिकांश सूचक सकारात्मक हुँदा समेत लय लिन सकेको छैन । बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । विस्तारै लगानीकर्ताको मनोबल समेत उच्च बनि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२४ अकंले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । साथै, सानोपुरको १८ करोड ८९ लाख रुपैयाँ, गोर्खास फाइनान्सको १५ करोड ८१ लाख र घोराहि सिमेन्टको १० करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौरालागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ । कम्पनीको शेयर ७.०८ प्रतिशतले घटेको हो । साथै, पिपुल्प हाइड्रोपावरको ६.९१ प्रतिशत, मैलुङ खोलाको ४.५१ प्रतिशतले शेयर मूल्य घटेको हो ।

मंगलबार तीन उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको २.१० प्रतिशत, लाइफ इन्स्योरेन्सको ०.०६ प्रतिशत र माइक्रोफाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*