पहिलो दिनमै सर्वोत्तम सिमेन्टको कति कित्ता भयो कारोबार ?

६ चैत्र २०८०, मंगलवार १५:२०

काठमाडौँ । कारोबारमा आएको पहिलो दिन मै सर्वोत्तम सिमेन्टको २ हजार ४४२ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज १४ लाख ७९ हजार ४६८ रुपैयाँको कारोबार भएको हो ।

मंगलबार अन्तिमसम्ममा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट अर्थात प्रतिकित्ता ५५ रुपैयाँ ६० पैसाले बढेर ६११ रुपैयाँ ६० पैसा पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*