दोस्रो दिन सर्वोत्तम सिमेन्टको शेयर आज कतिमा कारोबार हुँदैछ ?

७ चैत्र २०८०, बुधबार ११:३६

काठमाडौं । कारोबारमा आएको पहिलो दिन मै सर्वोत्तम सिमेन्टको २ हजार ४४२ कित्ता शेयर खरिदबिक्रि भएको कम्पनीमा आज पनि लगानीकर्ताको आकर्षण बढ्दो छ ।

हिजो ६११ रुपैयाँ ६० पैसामा कारोबार भएको कम्पनीको शेयर मूल्य आज ९।९९ प्रतिशतले बढेर ६७२।७० पुगेको छ।
कम्पनीको पहिलो दिनमा नै्र १४ लाख ७९ हजार ४६८ रुपैयाँको कारोबार भएको हो ।

मंगलबार अन्तिमसम्ममा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट अर्थात प्रतिकित्ता ५५ रुपैयाँ ६० पैसाले बढेर ६११ रुपैयाँ ६० पैसा पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*