पाँच वर्षमा नेप्सेमा सूचीकृत कुल सेयर संख्या दोब्बरले बढ्यो

७ चैत्र २०८०, बुधबार १२:०३

काठमाडौं । पाँच वर्षको अवधिमा दोस्रो बजार नेप्सेमा सूचीकृत कुल सेयर संख्या दोब्बर भएको छ ।

नेप्सेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ को अन्त्यमा कुल सूचीकृत सेयर संख्या ४ अर्ब २० करोड कित्ता रहेकोमा चालु आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्म आउँदा ८ अर्ब २० करोड कित्ता पुगेको छ ।

नयाँ कम्पनीहरु थपिनु, हकप्रद निष्कासन हुनु, बोनस सेयर वितरण हुनुले बजारमा सेयर संख्या बढ्न जान्छ । यहीं करिब ५ वर्षको अवधिमा सूचीकृत कम्पनीको संख्या २१५ बाट बढेर २७१ पुगेको छ ।

सेयर संख्या करिब दोब्बरले बढे पनि नेप्से परिसूचक भने करिब ८ सय अंक मात्रै बढेको छ । २०७५र७६ को असार मसान्तमा १२५९ अंकमा रहेको नेप्से फागुन मसान्तमा आउँदा २१०१ पुगे पनि अहिले २०६७ अंकमा छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*