शेयर बजार झिनो अकंले घट्यो, सोनापुर र शिवममा झुम्मिए लगानीकर्ता, चार कम्पनीको शेयरमा सर्किट

७ चैत्र २०८०, बुधबार १५:१०

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । केही दिन यता बजार बढ्यो कि नाफा बुक गर्नेहरु हावी भएको देखिन्छ । बिक्रेताको दबदबाब बढेपछि बजार ओरालो लागि रहेको छ ।

शेयर धितो कर्जामा अहिले पनि जोखिमभार १२५ प्रतिशतसम्म कायम हुनु, सेयर कर्जामा सीमा तोकिनु अनि बैंक–वित्तीय संस्थाले सेयर बजारमा अल्पकालीन अवधिको लगानी गर्न नपाउनु प्रमुख अवरोधका रुपमा लिइएको छ । अहिले सोहि बुँदा सुधारका आशामा लगानीकर्ता रहेका छन् । पछिल्लो समय अर्थमन्त्री वर्षमान पुनको सक्रियताले लगानीकर्तालाई आशाबादी भने बनाएको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर २०६३.९५ बिन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । साथै, शिवम सिमेन्टको १७ करोड ६० लाख रुपैयाँ र गोर्खास फाइनान्सको ११ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खास फाइनान्स, बुद्धभुमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र गुराँस लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

बुधबार बोटलर्स नेपाल (बालाजु) को ९.३२ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ८.०८ प्रतिशत, भगवति हाइड्रोपावरको ६.६७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज तीन उपसूचकमा हरियाली आएको छ । बुधबार माइक्रोफाइनान्सको २.५१ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.७५ प्रतिशत र ब्यापार समूहको ०.०८ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*