२० लाख भन्दा बढी लगानीकर्ताले नेप्से प्रणाली मार्फत गर्छन् कारोबार

७ चैत्र २०८०, बुधबार १६:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणाली मार्फत देश तथा विदेशबाट २० लाखभन्दा बढी लगानीकर्ताहरुले कारोबार गरेका छन् । ग्लोबल मनी वीक– २०२४ को सन्दर्भमा नेप्सेले जारी गरेको सूचना मार्फत सो जानकारी दिएको हो ।

नेप्सेको सदस्यता प्राप्त ८६ कारोबार सदस्य (ब्रोकर तथा डिलर) उपत्यका भित्र र बाहिर गरी १९० स्थानमा रहेका कार्यालयमा सम्पर्क गरी दोस्रो बजार कारोबारमा आवद्ध हुने सकिने नेप्सेले जानकारी दिएको छ ।

‘नेप्सेले नियमित कारोबार सञ्चालनका अतिरिक्त पूँजी बजार सम्बन्धि चेतना अभिबृद्धि गर्न पढ्न, हेर्न र सुन्न सकिने जानकारीमूलक सामाग्रि उत्पादन तथा प्रचारप्रसार गर्दै आएको छ।’ सूचनामा उल्लेख गरेको छ ।

सूचनाः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*