दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ चैत्र २०८०, बिहीबार ०९:१९

काठमाडौं । दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत्र २३ मा साधारणसभा आह्वान गरेको छ ।

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकले ३।८ प्रतिशत बोनस शेयर र ०।२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत्र २७ मा साधारणसभा आह्वान गरेको छ ।

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*