दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार ४ अर्ब माथि हुँदा तीन कम्पनीको शेयरमा सर्किट

८ चैत्र २०८०, बिहीबार १५:०९

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । शेयर बजारमा लगानीकर्ता थोरै नाफा हुने वित्तीकै बुक गर्ने हाबि हुँदा मार्केटमा उताब चडाब देखिएको हो । नियामकको शेयर बजारप्रति सक्रियता बढ्दै जाँदा मार्केट भने घटि रहेको छ ।

लगानीकर्ताले नियामकबाट आश्वासन भन्दा काम खोजि रहेका छन् । शेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध खुकुलोको अपेक्षा लगानीकर्ताले राखेका छन् । शेयर धितो कर्जामा अहिले पनि जोखिमभार १२५ प्रतिशतसम्म कायम हुनु, सेयर कर्जामा सीमा तोकिनु अनि बैंक–वित्तीय संस्थाले सेयर बजारमा अल्पकालीन अवधिको लगानी गर्न नपाउनु प्रमुख अवरोधका रुपमा लिइएको छ । लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.३७ अकंले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको छ । बिहिबार ३१५ कम्पनीको १ करोढ ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज माछापुच्छे« बैंकको संस्थापक शेयरको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ, गोर्खास फाइनान्सको२८ करोड ५३ लाख रुपैयाँ र शिवम सिमेन्टको १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

बिहिबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज धौरागिरी लघुवित्त, सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज बुद्धभुमि नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, बोटलर्स नेपाल( बालाजु)को ९.४६ प्रतिशत, गोर्खास फाइनान्सको ७.६१ प्रतिशतले शेयर मूल्य घटेको हो ।

बिहिबार १२ उपसूचक राताम्य भएको छ । ब्यापार समूहको शेयर मूल्य मात्र बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*