सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई तीन दिनमै १९ हजार रुपैयाँ फाइदा !

८ चैत्र २०८०, बिहीबार १५:१३

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई १८ हजार ९५० रुपैयाँ फाइदा भइसकेको छ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा न्यूनतम ५० कित्ताका लागि आवेदन गरेको थियो । आइपीओमा आवेदन दिदा १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो ।

जसमा ५५ हजार ५२१ जनाले ५० कित्ता र बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त गरेका हुन् । कारोबारका आएको तेस्रो दिनमा कम्पनीको शेयर मूल्य ७३९.९० पैसा पुगेको छ । ५० कित्ता शेयर पाएकाहरुको डिम्याटमा अहिले ३६ हजार ९९५ रुपैयाँ पुगेको हो ।

कम्पनीको आज ७ हजार ३९५ कित्ता शेयर किनबेच भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*