माछापुच्छ्रे बैंकको १ अर्बमाथिको शेयर कस्ले खरिद गर्यो ?

८ चैत्र २०८०, बिहीबार १५:३४

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक शेयर आज एकैदिन १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर बिक्रि भएको छ।

बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो । बैंकमा सबैभन्दा बढी शेयर रहेको सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो ।आज सो कारण सबैभन्दा बढी शेयर खरिदबिक्रिमा बैंक रहेको छ ।

नेप्सेका अनुसार बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता सेयर ११ पटक खरिदबिक्री हुँदा १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त सेयर प्रतिकित्ता ११३ सय रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
कर्मचारी सञ्चय कोषले विभिन्न बैंकमा अर्बौ रुपैयाँ लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*