सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट

१८ चैत्र २०८०, आईतवार ११:५३

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयरमा आज भने पहिरो गएको हो ।

कम्पनीको शेयर आइतबार प्रतिकित्ता १०७ रुपैयाँ ७० पैसाले घटेर ९७५ रुपैयाँमा सिमित भएको हो । अहिले कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताको हाबि देखिएको छ ।

यो समाचार तयार पर्दा (११ः५० बजे) सम्म कम्पनीको २ लाख ४८ हजार २८८ कित्ता शेयर किनबेच हुँदा २४ करोड ६१ लाख ६ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

सर्वोत्तम सिमेन्टको अर्बौ रुपैयाँ आयकर र ७३ करोड विद्युत बक्यौता बल्झिदै, शेयर मूल्यमा दैनिक सर्किट कहिलेसम्म ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*