इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्‍याखर्‍याख

२५ चैत्र २०८०, आईतवार १६:५०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं साधारण सभा तनावपूर्ण स्थितिमा टुंगिएको छ । संचालकहरुको निर्वाचन हुन नपाएको साधारण सभालाई बैंकले भने आधिकारिकता प्रदान गरेको छ । साधारण सभा अगावै बैंकसहित १० जनाविरुद्ध शेयरधनी समेत रहेका प्राध्यापक डा.ताराप्रसाद सापकोटाले चैत १६ गने सञ्चालक समितिका लागि केही व्यक्तिहरुको योग्यता नपुग्ने भन्दै रिट हालेका थिए ।

सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण सञ्चालकहरुको निर्वाचन हुन पाएन । बैंकको साधारण सभा रिटका कारण मात्रै तनावपूर्ण भएन । अध्यक्ष पृथ्वीबहादुर पाँडे मुख्य लगानीकर्ता रहेको ठमेलस्थित छायाँदेवी कम्प्लेक्स प्रकरणको प्रशंगले समेत साधारण सभामा गर्मागर्मीको माहोल बनायो ।

१३ जना भन्दा बढी संचालक तथा शेयरधनीहरुले अध्यक्ष पाँडेलाई बैंक आन्तरिक विवादसहित छायाँदेवी कम्प्लेक्समा बैंकबाट भएको अपचलन सम्बन्धी विषय झिकेर र्‍याखर्‍याख पारे । त्यति मात्र नभई उनीहरुले बैंकको अगुवाई गरेको व्यक्तिले गरेका गैरकानूनी हर्कतले संस्थाको बदनाम भएको भन्दै आपत्ति प्रकट गरे । साधारण सभाको छलफल सत्रमा सहभागि भएका एक शेयरधनीका अनुसार सञ्चालकहरुको टोकाईपछि अध्यक्ष पाँडेले १० मिनेट भन्दा बढी समय लगाएर जवाफ दिएका थिए ।

जवाफमा अध्यक्ष पाँडेले छायाँदेली कम्प्लेक्समा बैंकबाट लगानी नहालेको बताएपनि सञ्चालकहरुले विश्वास गरेको र निर्वाचनका बेला यसविषयमा थप कुरा गर्ने प्रतिक्रिया दिएको ती शेयरधनीले बीमापोष्टलाई बताए ।  पाँडेले यसअघि पनि आफुखुसी पशुपति संग्रहालय तथा महास्नान घरको जिर्णोद्धारका नाममा झण्डै ९ करोड खर्चिएको भन्दै सञ्चालकहरुले मुखले दिएको जवाफमा विश्वास नभएको र त्यस सम्बन्धका कागजी प्रमाणहरु देखाउनु पर्ने कुरा उठाएका छन् ।

छायाँदेवी कम्प्लेक्स विवादका कारणले बैंकभित्र सञ्चालकहरुबीच थप तनाव सिर्जना भएको छ । अधिकांश सञ्चालकहरुले बैंकलाई अयोग्य तथा भ्रष्टाचार, घुसखोरी, अनियमितता लगायतमा मुछिएकाहरुको अखडा बनाउन खोजेको भन्दै र्‍याखर्‍याख पारेका बताइएको छ ।

सम्बन्धित समाचार

सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

छायाँदेवी कम्प्लेक्स भत्किने पक्का, सर्वोच्चको फैसलाको प्रतिक्षामा सम्पदाप्रेमी

One thought on “इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्‍याखर्‍याख

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*