डिप्रोक्स लघुवित्तका सीइओ आचार्यले तलब भत्ता र बोनस बापत बुझे साढे ४९ लाख रुपैयाँ, अन्य पदाधिकारीले कति ?

२५ चैत्र २०८०, आईतवार १७:१०

 

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेषरमण आचार्यले तलब भत्ता र बोनश बापत बापत ४९ लाख रुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ आचार्यले आर्थिक वर्ष २०७९।८० मा ४९ लाख ७१ हजार ६९६ रुपैयाँ बुझेका हुन् ।

प्रतिवेदन अनुसार कम्पनीका सीइओ आचार्यले तलब भत्ता र संचयकोष बापत ३३ लाख ९० हजार रुपैयाँ, दशै बोनस बापत २ लाख ६० हजार रुपैयाँ, औषधी उपचार खर्च बापत २ लाख २५ हजार रुपैयाँ र अन्य (बोनस, पोशाक र बिदा) बापत १० लाख ९६ हजार ६९६ रुपैयाँ बुझेका हुन् ।

त्यस्तै, ब्यवस्थापन तहमा कार्यरत अन्य पदाधिकारीहरुले तलब भत्ता र संचयकोषबापत १ करोड ३१ लाख ७० हजार २८० रुपैयाँ, दशै बोनसबापत १२ लाख ७७ हजार २०० रुपैयाँ, औषधी उपचार खर्च ९ लाख ९७ हजार ४०० रुपैयाँ र अन्य (बोनस, पोशाक र बिदा) बापत ९६ लाख ५ हजार ९७ रुपैयाँ बुझेका हुन् ।

One thought on “डिप्रोक्स लघुवित्तका सीइओ आचार्यले तलब भत्ता र बोनस बापत बुझे साढे ४९ लाख रुपैयाँ, अन्य पदाधिकारीले कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*