निरन्तर खुम्चिदै सर्वोत्तम सिमेन्टको शेयर मूल्य, यस्तो छ कारण !

१० बैशाख २०८१, सोमबार १५:२२

काठमाडौँ । वित्तीय रिपोर्ट लुकाउँदै आएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य निरन्तर खुम्चि रहेको छ । कम्पनीको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

कम्पनीको शेयर मूल्य चैत १५ गते प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको थियो । तर, सो पश्चात लाभांश घोषणा गर्दा समेत कम्पनीको शेयर मूल्य निरन्तर ओरालो दिसा तिर लम्कि रहेको छ ।

आज कम्पनीको शेयर प्रतिकित्ता २.६३ प्रतिशत अर्थात २१ रुपैयाँ ५० पैसाले घटेर ७९६ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको आज ७१ हजार ८९२ कित्ता शेयर किनबेच हुँदा ५ करोड ८४ लाख ६९ हजार ८४६ रुपैयाँको कारोबार भएको हो ।

सर्वोत्तम सिमेन्ट ९ महिनामा करोडौं रुपैयाँ घाटामा, वित्तिय विवरण लुकाएर साधारणसभा गरिँदै

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*