प्राइम कमर्सियल बैंकको नाफा झण्डै ३ अर्ब, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफा कति ?

७ बैशाख २०८१, शुक्रबार ०८:०२

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बृद्धि भएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनाले १६ दशमलव ६५ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५।६९५ ले बढेर ५ अर्ब ७८ करोड ३८ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज १०।३८५ ले घटेर ८९ करोड ५० लाख रुपैयाँमा आएपछि खुद नाफामा सुधार भएको वित्तिय विवरणले देखाएको छ । यस्ता खर्चहरु घट्नु भनेको बैंकको व्यवस्थापकीय अवस्था राम्रो र सक्षम रहेको जनाउछ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ३।०६५ बाट बढेर ४।२९५ पुगेको छ । जगेडा कोषमा पनि २१।८५५ सुधार हुँदै १० अर्ब रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषको आकार बृद्धि हुन भनेको बैंकको दिगो रुपमा बलियो छ भन्ने कुरा पुष्टि हुन्छ ।

चुक्ता पुँजी १९ अर्ब ४० करोड रहेको प्राइम कमर्सिय बैंकको प्रतिसेयर आम्दानी पनि २।८२ रुपैयाँले बढेर १९।७८ रुपैयाँ पुगेको छ । बैंकको बेसरेट १ दशमलव ७४ प्रतिशतले घटेर ९ दशमलव २७ प्रतिशतमा कायम बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*