सिटिजन्स बैंकको मुनाफा १ अर्ब २१ करोड, घट्यो खराब कर्जा, अन्य सूचकाङ्कको कस्तो छ अवस्था ?

७ बैशाख २०८१, शुक्रबार ०८:१६

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब २१ करोड १४ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ अर्ब २३ करोड ६० लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले घटेर ४ अर्ब २५ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ३९ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८६ करोड १७ लाख रुपैयाँ संचालन नाफा गरेको छ ।

समीक्षा अवधिसम्म बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड रुपैयाँ, रिजर्भको आकार १९.६६ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड रुपैयाँ, निक्षेप संकलन १ अर्ब ८२ अर्ब, कर्जा प्रवाह १ अर्ब ५२ करोड रुपैयाँ र वितरणयोग्य नाफा करोड ८९ लाख १९ हजार रुपैयाँ रहेको छ ।

यता, बैंकको खराब कर्जा ३.९८ प्रतिशत रहेकोमा घटेर ३.७६ प्रतिशत, प्रतिशेयर आम्दानी ११.३७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४९.९८ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*