निफ्राको नाफामा १५% गिरावट, प्रतिशेयर आम्दानी कति?

७ बैशाख २०८१, शुक्रबार ०८:२०

काठमाडौं । नेपाल इन्फ्रान्चट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत घटी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको भने जगेडा कोषमा दुई अर्ब एक करोड रुपैयाँ सञ्चिति रहेको छ । यस अवधिसम्ममा बैंकको निक्षेप २४.३७ प्रतिशत बढेको छ भने कर्जा ७.२५ प्रतिशत घटेको छ ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ९६ पैसा रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३४.४६ गुणा रहेको छ भने प्रतिशेयर आम्दानी ६.०९ रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ ११०.६५ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको संचालन नाफा एक अर्ब ४१ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संचालन नाफा एक अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*