कामना सेवा विकास बैंकको मुनाफा र इपीएस बढ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

७ बैशाख २०८१, शुक्रबार ०८:३४

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ८.४० प्रतिशतले बढेर ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक ९ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४.६८ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको उक्त आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको संचालन नाफा २.९२ प्रतिशतले बढेर ५४ करोड ६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी २.६६ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ, निक्षेप संकलन ५७ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ४५ अर्ब ३५ करोड रुपैयाँ गरेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ, खराब कर्जा ३.५५ प्रतिशत, प्रतिशेयर आम्दानी आम्दानी ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*